Comments Add Comment

कति पुग्यो सुनको भाउ?

काठमाण्डौं। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।  

आज (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ। 

आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य भने सामान्य बढेको छ। 

आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ