Comments Add Comment

सुरेश रजकका परिवारलाई रास्वपाको ३ लाख

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोग गरेको छ । 

पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेलगत्तै नेताहरू रजकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन्। 

चेक हस्तातयण गर्न रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व पत्रकार रजकको घर पुगेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ