Comments Add Comment

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको छ। शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई कार्यबाहकबाट हटाएर महामन्त्रीको जिम्मेवारी दिएको हो। 

संस्थापक महामन्त्री डा मुकुल ढकाललाई कारबाही गरेपछि उनलाई कार्यबहाक महामन्त्री बनायएको थियो। 

मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। कार्यबाहक प्रवक्ताबाट हटाएर उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।

यसअघि शुक्रबार निर्वाचन आयोगले रास्वपाको महामन्त्रीका रूपमा मुकुल ढकालकै विवरण रहेको जानकारी दिएको थियो। 

पार्टीको साधारण सदस्य समेतबाट हटाइएका डा ढकालले आयोगसँग विवरण माग गरेका थिए। जवाफमा आयोगले यस्तो जवाफ दिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ