काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले “त्यउगउ र ँयलभउबथ म्ष्चभअत गरौँ, बम्पर उपहार
जितौँ१” नयाँ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्,
जसमा बम्पर उपहार ष्एजयलभ ज्ञट पनि रहेको छ।
यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्म मार्फत ग्राहकहरूलाई डिजिटल कारोबार
गर्न प्रेरित गर्नु हो। मोबाइल टपअप र डाइरेक्ट फोन पे कारोबारलाई प्रवर्द्धन गर्दै, बैंकले डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउनुका साथै ग्राहकहरूलाई सक्रिय सहभागी गराउन प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गर्ने योजना अघि सारेको हो ।
यस अभियानमा सहभागी हुन, ग्राहकहरूले च्द्यद्य म्ष्नष्तब िक्बलकबच मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु १०० को
मोबाइल टपअप र कम्तीमा रु। ५०० को ँयलभउबथ म्ष्चभअत कारोबार गर्नुपर्ने हुन्छ। यी कारोबार पूरा गरेपछि मात्र ग्राहकहरू
साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्नेछन्।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु। १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन्।
साथै, अभियानको अन्त्यमा, एक भाग्यशाली ग्राहकले नयाँ ष्एजयलभ ज्ञट उपहार जित्न सक्नेछन्। यो अभियान चैत्र १
गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुने बैंकले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा
सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसरको फाइदा लिन अनुरोध गरेको छ।
