Comments Add Comment

सरकारले दियो शनिबार सार्वजनिक बिदा

काठमाण्डौं। सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए। 

गृह मन्त्रालयले शुक्रबारनै सूचना प्रकाशन गरी उक्त जानकारी गराएको छ। मन्त्रालयले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी तथा सम्पूर्ण नेपालीहरूमा शुभकामना समेत व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ