काठमाण्डौं। साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से ५।९९ अंकले घटेर २६४०।९६ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
बुधबार पाँच अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ८१ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३११ वटा धितोपत्रको एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
रिभर फल्स पावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस्तै, बुटवल पावर कम्पनी र पियोर इनर्जीको मूल्य ९।९८ प्रतिशत र बरुण हाइड्रोपावरको मूल्य ९।९७ प्रतिशतले बढेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९।७६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८०० रूपैयाँमा झरेको छ।
