काठमाण्डौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले प्रवक्ताको जिम्मेवारी पाएका छन्। राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख रहेका पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
यसअघि प्रवक्तामा कार्यकारी निर्देशक रामुु पौडेल थिए। गभर्नर विश्वनाथ पौडेलले रामुलाई बैंक सुपरिवेक्षण विभाग मुद्रण विभागमा सरुवा गरेसँगै नयाँ प्रवक्ता तोकिएको हो।
