Comments Add Comment

ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस् : सभापति खतिवडा

काठमाण्डौं। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन्। 

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ब्रिटिश गोरखा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताए। 

उनले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिनेकुरा सस्तो बनाउन नहुने बताए। 
 
बुधवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ। बिहीवारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ