काठमाडौं । राजावादी समूहले घोषणा गरेको सोमबारको उपत्यका बन्द फिर्ता लिएको छ।
नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरिएको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।
एक प्रेस विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको सुवेदीले घोषणा गरेका छन् ।
पक्राउ परेका कमल थापा, दीपक सिंह लगायत नेता गएराति नै रिहा भएका थिए।
