Comments Add Comment

राजसंस्थावादीहरूको प्रदर्शन आज पनि, यी यी स्थानबाट र्याली निकाल्ने

काठमाण्डौं। राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादी समूहले शुक्रबार (आज) माइतीघर र बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संगठन सहभागी हुने र राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिएका छन् ।

यसअघि बिहीबार राजधानीको शान्तिबाटिकामा पनि यिनै समूहले प्रदर्शन गरेका थिए । उनीहरूले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजी लगायतका माग अघि सार्दै अनिश्चितकालीन आन्दोलन सुरु भएको घोषणा गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ