काठमाण्डौं। सरकारले मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छ।
भन्सार महसुलका केही दरमा समायोजन गरेको आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। उनले विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको बताए।
स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको जानकारी दिए। विद्युतीय बिजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय बिजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाइने बताए। करदाता शिक्षा र कानूनको परिपालनाको माध्यमबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिने बताए।
सबै किसिमका डिजिटल कारोवारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार गरेको बताए।
