Comments Add Comment

सरकारले आगामी वर्षभित्रै हवाई सुरक्षा कालोसूचीबाट हटाउने

काठमाण्डौं।सरकारले आगामी वर्षभित्र ईयूको हवाई सुरक्षा सूची (कालोसूची) बाट हटाउने लक्ष्य लिइएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । 

नेपाल २०१४ देखि युरोपियन युनियनको सुरक्षा सूचीमा छ । अहिले ईयूको माग अनुसार सरकारले नियामक र सेवा प्रदायक संस्थालाई छुट्याउने प्रक्रिया अघि बढाएको छ । संसद्को यही सदनबाट उक्त विधेयक पारित गरेर कालो सूचीबाट हट्ने सरकारले लक्ष्य छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ